Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शोधानान्तर स्थिति रु.३.१८ खर्ब बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ५६.७७% ले घट्यो

Laxmi Sunrise Bank Limited
शोधानान्तर स्थिति रु.३.१८ खर्ब बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ५६.७७% ले घट्यो
Shivam Cement

काठमाण्डौ । शोधनान्तर स्थिति सवा ३ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिनासम्ममा शोधानान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको हो । गत आवको सोही अवधिसम्मको तुलनामा शोधनान्तर स्थिति ५४.६९ प्रतिशतले बृद्धि भएको छ । 

Bizshala
New Office
CG Motors

गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा चालु खाता रु.२ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । 

गत वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । यसर्थमा चालु खाता ८९.२३ प्रतिशत बृद्धि भएको छ । सो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.६ अर्ब २१ करोड रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.५ अर्ब ७६ करोड रहेको थियो । यसर्थमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) गत आवको तुलनामा ५६.७७ प्रतिशत घट्न पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.