काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शिव श्री हाइड्रोपावर र रिभर फल्स पावर कम्पनीको शतप्रतिशत दरको हकप्रद सेयर सूचीकृत भएको हो ।
रिभर फल्सको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा अब यो कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ४० लाख कित्ता पुगेको छ ।
त्यस्तै, शिव श्री हाइड्रोपावरको कुल १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचीकृत भएको हो । अब यो कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ९५ लाख २८ हजार कित्ता पुगेको छ ।
सूचीकृत हकप्रद सेयर भोलिदेखि नै नेप्सेमा कारोबार गर्न मिल्नेछ ।

