काठमाण्डौ । जी.डी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार १ गते आयोजना गर्न लागेको विशेष साधारण सभाबाट आईपीओको प्रस्ताव पारित गर्न लागेको हो ।
असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सर्वसाधारणमा कम्पनीको आईपीओ निष्कासन गर्ने, जारी पूँजीवृद्धि सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यस क्रममा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

