आईतवार, चैत्र २२,२०८२ 12:17:58
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 12:17:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन आग्रह

Bizshala
थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन आग्रह
Shivam Cement

काठमाण्डौ । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजना अनुरुप एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीको यो कदम ‘भोइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भविष्यको फाइभजी नेटवर्कका लागि आधार तयार गर्ने तर्फ लक्षित रहेको जनाइएको छ ।

देशैभर फोरजी नेटवर्क विस्तार भइरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनुले अझ उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने कम्पनीले जनाएको छ । योसँगै थ्रीजीमा आधारित भोइस सेवाहरू अब फोरजीमा आधारित भोल्टेमा सारिनेछ ।

 

आफ्नो फोरजी नेटवर्क मार्फत एनसेलले देशैभर भोल्टे सेवा प्रयोगमा ल्याइसकेको छ । भोल्टे प्रविधिको लाभ उठाउन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ । कुन कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिन्छ ।

भोल्टे मार्फत ग्राहकहरूले गुणस्तरीय भ्वाइस कलको मजा लिन सक्छन् । साथै एकै समयमा ग्राहकहरूले भ्वाइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा हालकै शुल्कमा प्रयोग गर्न सक्छन् । एनसेलको फोरजी कभरेज देशभर झन्डै ९५ प्रतिशत जनसंख्यामाझ पुगिसेकको छ र यही अनुसार भोल्टे सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

एनसेलले गत वर्ष घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताएको छ । माघ २२ गते एनसेलले कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका विभिन्न स्थानिय तहहरूमा थ्रीजी सेवा बन्द गर्दैछ । कम्पनीले यी क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूलाई एनसेलको भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ ।  ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्नेछन् । *१२३*११#  डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ। भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.