आईतवार, चैत्र २२,२०८२ 10:47:04
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 10:47:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देशभर रास्वपाको जबरजस्त लहर, बालेनकै स्वकीय सचिव भने पराजयको संघारमा

Bizshala
देशभर रास्वपाको जबरजस्त लहर, बालेनकै स्वकीय सचिव भने पराजयको संघारमा
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को देशभर जबरजस्त लहर छ । यहीकारण प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा दुईतिहाई बहुमत नजिक पुगेको छ ।  

रास्वपाले यो पटकको निर्वाचनमा ऐतिहासिक जित निकालिसकेको छ । एमाले, कांगे्रस, माओवादी, मधेशवादीजस्ता परम्परागत राजनीतिक शक्तिहरुका वर्षौदेखिका किल्ला रास्वपाको पक्षमा आएको जनमतको सुनामीले तहसनहस बनाइदिएको छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कतिपय क्षेत्रमा उठेर चुनाव जितेका रास्वपाको उम्मेद्वारहरुको अनुहार हेर्दा त्यहाँ जुनसुकै पात्र उठेको भए पनि जित्थ्यो भन्ने धेरैलाई लागेको छ र यथार्थ पनि त्यस्तै नै छ । उदाहरणका लागि मधेशको एक सिटमा उम्मेद्वारी खारेजीमा परेका रास्वपाका उम्मेद्वारको पक्षमा प्रचण्ड बहुमत आएको छ ।  

यसरी हेर्दा रास्वपाको ऐतिहासिक आँधीहुरी र जनमतको सुनामी आएकै बेला भावी प्रधानमन्त्रीको रुपमा रास्वपाको पक्षमा जबरजस्त माहौल तयार गरेका सो दलका वरिष्ठ नेता बालेन शाहलाई भने झट्का लाग्ने अवस्था सिर्जना भएको छ ।  

काठमाण्डौ महानगरपालिकाको मेयरको चुनावी दौडदेखि नै बालेनको दाहिने हात भएर काम गरेका तथा मेयर भइसकेपछि समेत स्वकीय सचिव तथा सल्लाहकारको रुपमा सक्रिय भूपदेव शाह भने पराजको संघारमा छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भूपदेव शाह यसपटकको संसदीय निर्वाचनमा अछाम २ बाट उठेका थिए । तर, हालसम्म प्राप्त नतिजा अनुसार उनी चौथो स्थानमा देखिएका छन् ।  

सो स्थानमा एमालेका यज्ञबहादुर बोगटीले ८ हजार ४७३ मतसहित अग्रता लिइरहेका छन् ।  

दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ८ हजार १०५ मत पाएका छन् ।  

तेश्रो स्थानमा रहेका नेकपाका उम्मेद्वार बलबहादुर कुँवरले ४ हजार ७१२ मत पाएका छन ।  

रास्वपाको उम्मेद्वारको रुपमा चुनावमा होमिएका भूपदेवको भने ४ हजार ३५४ मत मात्रै आएको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.