Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 09:31:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अगुवा लगानीकर्ताको समान मत : रास्वपाको बहुमतको सरकार बन्ने भो, अब नेप्से नबढी सुखै छैन !

Laxmi Sunrise Bank Limited
अगुवा लगानीकर्ताको समान मत : रास्वपाको बहुमतको सरकार बन्ने भो, अब नेप्से नबढी सुखै छैन !
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन र अन्य केही सार्वजनिक बिदाका कारण सेयर बजार एक साता बन्द रह्यो। लामो समयपछि सेयर बजार भोलि (सोमबार)देखि खुल्दैछ।

यतिबेला सेयर लगानीकर्ताहरूमा अबको सेयर बजार के होला, बजारले कस्तो गति लिन्छ वा सेयर बजारमा अब बुल रन सुरु हुन सक्छ कि सक्दैन जस्ता अड्कलबाजीहरू भइरहेका छन्।

आम सेयर लगानीकर्ताहरूले चुनावपछि नै बजार बढ्ने आँकलन गरिरहेका छन्। विगतमा बजार सुस्त बन्नुको एउटा प्रमुख कारण राजनीतिक अस्थिरताको डर तथा चुनाव नहुने वा भइहाले पनि कुनै एउटा दलको बहुमत नआउने जस्ता त्रासहरू व्याप्त थिए।

Bizshala
New Office
CG Motors

विगतमा जस्तै त्रिशंकु संसद बन्ने र सरकार बनाउने–गिराउने पुरानै खेल सुरु भई पाँच वर्षसम्म नीतिगत अस्थिरताले गाज्ने र यही कारण बजारका लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पर्ने डर लगानीकर्तामा थियो। राजनीतिसँग जोडिएका यी सबै डरहरू एकसाथ समाप्त भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुविधाजनक बहुमत आएको छ भने अब उसले सरकार गठन गरेपछि लिने नीति चाँडो–चाँडो परिवर्तन हुने तीतो विगतसँग पनि मेल खाँदैन। रास्वपाले आफ्नो १०० बुँदे बाचापत्रमा पूँजी बजारको विकास, आधुनिकीकरण र शुद्धीकरणका लागि राखेका एजेन्डा अन्य दलभन्दा प्रगतिशील छन्। पूँजी बजारको विकासका लागि रास्वपाका एजेन्डा अन्य दलको तुलनामा राम्रो देखिएका छन्।

यसरी हेर्दा एकातिर राजनीतिक स्थिरता सुनिश्चित भइसकेको छ भने पूँजी बजारमैत्री पार्टी रास्वपाको एकल सरकार पाँच वर्षसम्म ढुक्कले टिक्ने अवस्था समेत बनेको छ।

स्थिर र शक्तिशाली सरकारमा अर्थमन्त्रीको रूपमा चर्चित युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले आउने लगभग निश्चित देखिएको छ। उनी पनि पूँजी बजारप्रति नरम धारणा राख्ने अर्थशास्त्रीका रूपमा चिनिन्छन्। उनले अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि अर्थतन्त्रमा आमूल सुधार हुने अपेक्षा धेरैको छ। अर्थतन्त्रमा सुधार भएपछि त्यसले पूँजी बजारलाई समेत सकारात्मक सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

अहिले मुलुकभर आम नागरिक चुनावी माहोल सकिएर मतपरिणामको खुसी मनाइरहेका छन्। देशभरिका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजय हासिल गरिरहेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

निर्वाचन आयोग नेपालको तथ्यांकअनुसार हालसम्म रास्वपाले प्रत्यक्षतर्फ १२५ वटा सिटमा जित निकाल्ने लगभग निश्चित देखिएको छ भने समानुपातिकतर्फको मतमा पनि हालसम्म ५० प्रतिशत मत कटाइसकेको छ। यसले रास्वपा प्रचण्ड बहुमतसहित सरकार बनाउने हैसियतमा पुगिसकेको छ। दुईतिहाइ बहुमत आउने सम्भावना समेत रहेकाले त्यस्तो भएमा नागरिकमा अझ ठूलो उत्साह थपिनेछ।

सेयर लगानीकर्ताहरूले भने समानुपातिकतर्फको मतअनुसार रास्वपाको दुईतिहाइको सरकार नै बन्न सक्ने आँकलन गरेका छन्। यदि रास्वपाभित्र गुटबन्दी नभई पार्टी नफुटेर स्थिर सरकार बन्न सक्यो भने देशको अर्थतन्त्र सुधारिँदै नेपालको पूँजी बजारले नयाँ गति लिन सक्ने अगुवा लगानीकर्ताहरूको प्रक्षेपण छ।

सेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेलले पाँच वर्षभित्र सरकार आफैं नलडे पूँजी बजारमा समेत आमूल परिवर्तन र सुधार हुन सक्ने बताए।

‘रास्वपाले ल्याएको मतअनुसार बहुमतको सरकार त बन्छ नै, दुईतिहाइको सरकार बन्ने सम्भावना पनि छ। यदि त्यस्तो भयो भने रास्वपाको सरकारलाई संविधानमा रहेका नीतिनियमहरू समेत परिमार्जन गर्न सक्ने अधिकार हुन्छ,’ उनले भने, ‘दुईतिहाइको सरकार बन्यो भने देशको समग्र अर्थतन्त्रमा नै सुधार हुनेछ। संविधानमा रहेका केही व्यवस्थाहरू परिमार्जन गर्न सकिन्छ र नयाँ बन्ने सरकारले नीतिहरू सुधार गर्दै देशलाई चलायमान बनाउन सक्छ।’

स्थिर सरकार बनेपछि देशको अर्थतन्त्र बलियो हुँदै नेपालको पूँजी बजार पनि सुधारिने फुल्लेलले अपेक्षा व्यक्त गरे।

‘सेयर लगानीकर्ताहरूले मुख्य रूपमा खोजेको भनेकै स्थिर सरकार हो, जुन अब पूरा हुने चरणमा छ,’ उनले भने, ‘आगामी पाँच वर्षभित्र नयाँ सरकारले जनताको आवाज सुनेर अघि बढ्न सक्यो भने अर्थतन्त्र चलायमान हुन्छ र पूँजी बजारका लागि लगानीकर्ताहरूले बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था पनि हट्छ।’

त्यस्तै, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पनि स्थिर सरकार बन्ने छाँटकाँट देखिएपछि अब सेयर बजारले नयाँ फड्को मार्ने आँकलन गरे।

‘सेयर लगानीकर्ताहरूले खोजेकै स्थिर सरकार हो। यसअघि जुनसुकै दलको सरकार बने पनि ६ महिनासम्म मात्रै टिक्ने अवस्था थियो। यस्तो अवस्थाले सेयर लगानीकर्ताहरूको मनोबल निकै खस्किएको थियो,’ उनले भने, ‘२०७८ सालदेखि नै नेपाली पूँजी बजार थला परेको छ। आम लगानीकर्ताहरूले धेरै सम्पत्ति गुमाइसकेका छन्। तर अब रास्वपाको स्थिर सरकार बन्ने देखिएपछि सेयर बजारले फड्को मार्न सक्ने कुरामा दुईमत छैन।’

विशेषगरी स्थिर सरकार बनेपछि सेयर बजारमा ठूला लगानीकर्ताहरूको प्रवेश हुने र लगानीको वातावरण राम्रो बन्न सक्ने उनले बताए।

‘२०७८ सालदेखि नै थलिएको सेयर बजारबाट जेनजी आन्दोलनको प्रभावले संस्थागत तथा ठूला लगानीकर्ताहरू बाहिरिएका थिए,’ उनले भने, ‘अब नयाँ सरकार बनेपछि यसअघि पर्ख र हेरको अवस्थामा बसेका ठूला लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गर्नेछन्।’

त्यसो त चुनावअघिका केही कारोबार दिनहरूमा समेत संस्थागत लगानीकर्ताहरूले बिस्तारै लगानी बढाउँदै लगेका थिए।

स्थिर सरकार बन्दा सेयर लगानीकर्ताहरूको लगानी कम्तीमा पनि पाँच वर्षका लागि सुनिश्चित हुन सक्ने ढकालको भनाइ छ।

‘स्थिर सरकार हुँदा कम्तीमा पनि पाँच वर्षका लागि सेयर लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित रहेको महसुस गर्न पाउँछन्,’ उनले भने, ‘नयाँ बन्ने सरकारले बनाएका नियम, कानुन र नीतिहरू कम्तीमा पनि पाँच वर्षका लागि स्थिर हुँदा लगानीकर्ताहरूले ढुक्कसँग लगानी गर्न सक्नेछन्।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.