Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:00:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निजामतीमा ‘क्लिन स्वीप’को संकेत, रास्वपा एक्शनमा

Laxmi Sunrise Bank Limited
निजामतीमा ‘क्लिन स्वीप’को संकेत, रास्वपा एक्शनमा
Shivam Cement

काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती प्रशासनभित्र सक्रिय दलगत समूह, अभियान र युनियन शैलीका संरचनाविरुद्ध कडा कदम चाल्ने संकेत दिएको छ ।

Bizshala
New Office
CG Motors

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले जारी गरेको विज्ञप्तिमा निजामती सेवाभित्र देखिएका दलगत अभ्यास र संगठनहरूलाई अस्वीकार्य भन्दै यस्ता संरचना खारेज गर्ने दिशामा पार्टी अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् ।

पछिल्लो समय विभिन्न नाममा समूह गठन गरी पार्टी र नेतृत्वको नाम जोडेर प्रभाव जमाउने प्रयास भइरहेको भन्दै रास्वपाले यस्तो गतिविधिलाई ‘भ्रम फैलाउने र स्वार्थप्रेरित खेल’ को संज्ञा दिएको छ । पार्टीले यस्ता कुनै पनि समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको मात्र नभई यस्ता प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएको छ ।

रास्वपाले सार्वजनिक प्रशासनलाई पूर्ण रूपमा राजनीतिक प्रभावबाट मुक्त गर्दै ‘मेरिटोक्रेसी’ अर्थात् योग्यता प्रणालीमा आधारित बनाउने आफ्नो मूल एजेन्डा दोहोर्याएको छ । “कर्मचारीको एउटै धर्म जनसेवा र एउटै पहिचान व्यावसायिकता हुनुपर्छ,” भन्दै पार्टीले दलीय आडमा चल्ने प्रशासनिक संरचना अब स्वीकार्य नहुने स्पष्ट संकेत गरेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

विज्ञप्तिमा विगतमा देखिएको डर, दबाब र राजनीतिक छायाँमा काम गर्ने संस्कृतिको अन्त्य गर्ने उल्लेख गर्दै निजामती सेवाभित्र रहेका दलगत संगठनहरू एकैपटक हटाउने वातावरणतर्फ आफूहरू अग्रसर हुने सन्देश दिइएको छ ।

रास्वपाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि दल वा समूहको प्रभावबाट टाढा रही निष्पक्ष र जिम्मेवार ढंगले जनताको सेवामा केन्द्रित हुन आग्रह गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.