काठमाण्डौ । संसदमा निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने विषय उठेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘नयाँ सरकार गठन हुनासाथ निजी सञ्चारमाध्यमलाई दिइँदै आएको विज्ञापन रोक्ने निर्णय गरियो, जुन उदार अर्थतन्त्रको नीतिविपरीत छ ।’
साथै सांसद केरुङले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

