बिहीबार, चैत्र २६,२०८२ 11:44:08
Bizshala
  • बिहीबार, चैत्र २६,२०८२ 11:44:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टेलिकमले ल्यायो एसईईमा सहभागी विद्यार्थी लक्षित अफर

Bizshala
टेलिकमले ल्यायो एसईईमा सहभागी विद्यार्थी लक्षित अफर
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले  २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ । यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने छन् ।  

एसईई अफर चैत २६ गतेदेखि सुरु हुनेछ र आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध हुनेछ । यो अफर उपयोगका लागि रु. २० मा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । नयाँ सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ ।  

यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।

–नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *1414# डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *1600#  डायल गरी निर्देशन अनुसार गर्नुपर्नेछ ।  

–पहिले नै प्रयोग भइरहेको सिममा समेत ८ज्ञटण्ण्३ डायल गरी प्राप्त निर्देशन अनुसार अंग्रेजी अल्फाबेट बाहेक एसईईको सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विक्रम संवतमा जन्म मिति टाइप गरी सेन्ड गर्ने, जन्म मिति टाइप गर्दा वर्ष,महिना र दिन फरम्याट मा टाइप गर्नुपर्नेछ ।  

सबै तथ्यांक प्रमाणिकरण पश्चात अफर उपलब्ध हुनेछ ।  

गत वर्ष समेत कम्पनीले विद्यार्थीहरुलाई यस प्रकारको अफर उपलब्ध गराएको र विद्यार्थीहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसलाई निरन्तरता दिइएको हो । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.