काठमाण्डौ । जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएको चितवनको भरतपुरस्थित भाट–भटेनी सुपर स्टोर आगामी चैत्र २७ गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
स्टोरले सोही दिनदेखि दैनिक बिहान १०ः०० बजेदेखि नियमित सेवा प्रदान गर्ने जनाएको छ ।
ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको स्टोर व्यवस्थापनले जनाएको छ ।
साथै, सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि साथ रहने अपेक्षा गरिएको छ ।

