Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:11:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भल्वो–आइसरको ऐतिहासिक उपलब्धि: वार्षिक १ लाखभन्दा बढी सवारी बिक्री

Laxmi Sunrise Bank Limited
भल्वो–आइसरको ऐतिहासिक उपलब्धि: वार्षिक १ लाखभन्दा बढी सवारी बिक्री
Shivam Cement

काठमाण्डौ । VE Commercial Vehicles Limited (VECV) ले आर्थिक वर्ष २०२५–२६ मा वार्षिक १ लाखभन्दा बढी सवारी बिक्री गर्दै नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा उच्च वार्षिक बिक्री हो।

भारतीय आर्थिक वर्षको अन्तिम महिना मार्चमा कम्पनीले १० हजार ५७९ युनिट सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८ प्रतिशतले बढी हो। यस उपलब्धिले कम्पनीको दीर्घकालीन रणनीति र बजार विस्तारको गतिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।

कुल बिक्रीमा लाइट तथा मिडियम ड्युटी ट्रकको योगदान सबैभन्दा बढी रहेको छ। यस श्रेणीमा ४७ हजार ७८९ युनिट सवारी बिक्री भई कुल बिक्रीको ४६.१ प्रतिशत हिस्सा ओगटेको छ। त्यस्तै, हेभी ड्युटी ट्रक २६ हजार ८६७ युनिट (२५.९ प्रतिशत) र बस १९ हजार ३६३ युनिट (१८.७ प्रतिशत) बिक्री भएका छन्।

Bizshala
New Office
CG Motors

सन् २००८ देखि Volvo Group र Eicher Motors बीचको संयुक्त साझेदारीमा स्थापना भएको VECV ले विश्वस्तरीय प्रविधि र बजारकेन्द्रित रणनीतिलाई समेट्दै कमर्सियल सवारी क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउँदै आएको छ। कम्पनीले इन्धन दक्षता, उच्च सञ्चालन क्षमता (अपटाइम) तथा ग्राहक–केन्द्रित समाधानलाई प्राथमिकतामा राख्दै उत्पादन विस्तार गर्दै आएको जनाएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

नेपालमा VECV का सवारीहरूको आधिकारिक वितरक Batas MAW रहेको छ। वितरक कम्पनीले यस उपलब्धिमा आफूलाई सहयात्री बन्न पाएकोमा गर्व व्यक्त गर्दै आगामी दिनमा पनि उन्नत सवारी समाधानमार्फत नेपाली यातायात क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.