Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:55:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम

Laxmi Sunrise Bank Limited
नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
Shivam Cement

काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।  

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको प्रक्षेपण अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एशियाली देशहरुमध्ये भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै हुनेछ  । 

Bizshala
New Office
CG Motors

एडीबीका अनुसार यो वर्ष दक्षिण एशियाली देशहरुमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा धेरै रहने छ । यो वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सबैभन्दा धेरै आर्थिक वृद्धिदर हुने देशको सूचीमा बंगलादेश दोस्रो स्थानमा छ । सन् २०२४ मा बंगलादेशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने एडीबीले जनाएको छ ।  

यस्तै माल्दिभ्सको ५.४,भुटानको ४.१ र पाकिस्तान र श्रीलंकाको समान १.९ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.