Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ताप्लेजुङको पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

Laxmi Sunrise Bank Limited
ताप्लेजुङको पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । वैशाख २१ गतेदेखि सो सेवा शुभारम्भ भएको हो । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहहरुलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

समुद्र सतहबाट करिब ३ हजार ७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथिभरा माताको दर्शन गर्न जाने हजारौं श्रद्धालु भक्तजनहरूका साथै मन्दिर आसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजङ्घा गाउँपालिका र पाथिभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरू प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

Bizshala
New Office
CG Motors

अब मन्दिर दर्शन गर्न जाने क्रममा र मन्दिर परिसरमा श्रद्धालुहरूले आफ्ना परिवार र आफन्तजनसँग सहजै सम्पर्क गर्न सक्ने टेलिकमले जनाएको छ । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिर परिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिनेछ ।

सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दाहरू अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पुर्तिमा सहयोग पु¥याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala

उच्च पहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्था आइपर्दा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकाय वा परिवारसँग सम्पर्क गर्न यो सेवाले महत्वपूर्ण भूमिका खेल्नेछ ।

त्यसैगरी, सञ्चार सुविधाको उपलब्धताले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने जनाइएको छ । साथै, स्थानीय होटेल व्यवसायी तथा व्यापारीहरूलाई क्युआर कोडमार्फत भुक्तानी लगायतका डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवद्र्धन गर्न सहज हुने टेलिकमको भनाई छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.