Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:04:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुजुकी ई-भिटारा : प्रिमियम ईभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धी, डेलिभरी शुरू

Laxmi Sunrise Bank Limited
सुजुकी ई-भिटारा : प्रिमियम ईभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धी, डेलिभरी शुरू
Shivam Cement

काठमाडौं । सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो पहिलो पूर्ण विद्युतीय एसयूभी ‘सुजुकी ई–भिटारा’को औपचारिक डेलिभरी सुरु गरेको छ । जापानी अटो ब्राण्ड सुजुकीको पहिलो कम्प्लिट्ली बिल्ट युनिट (सीबीयू) ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी)का रूपमा आएको ई–भिटाराले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

कम्पनीका अनुसार अत्याधुनिक ईभी प्रविधि, प्रिमियम सुरक्षा सुविधा, आकर्षक डिजाइन र लामो रेञ्जका कारण ई–भिटाराले बजारमा सार्वजनिक हुनासाथ उत्साहजनक प्रतिक्रिया पाएको छ । बुकिङ भइसकेका गाडीको डेलिभरी देशभर रहेका आधिकारिक सुजुकी डिलर नेटवर्कमार्फत सुरु गरिएको कम्पनीले जनाएको छ ।

लन्च अफरअन्तर्गत सीजी मोटोकर्पले ई–भिटाराको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले सीमित अवधिका लागि पहिलो १०० ग्राहकलाई विशेष ‘इन्ट्रोडक्टरी प्राइस’ उपलब्ध गराउने जनाएको छ । ४८.८ किलोवाट आवर ब्याट्री क्षमताको भेरियन्टले ४४० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ भने ६१.१ किलोवाट आवर ब्याट्री भएको भेरियन्टले ५४३ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ ।

नेपालभर रहेका २५ बिक्री केन्द्र र ४० सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । पर्याप्त स्पेयर पार्ट्स, प्रशिक्षित प्राविधिक जनशक्ति तथा ईभी–मैत्री सेवा संरचनाका कारण ग्राहकले दीर्घकालीन रूपमा सहज र कम लागतको स्वामित्व अनुभव पाउने कम्पनीको दाबी छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

ई–भिटारामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् । गाडीले क्रमशः १०८ किलोवाट र १२८ किलोवाट पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो मूल्य वर्गमा जापानी ब्राण्डबाट आएको पहिलो ईभी भएको दाबी गर्दै कम्पनीले यसलाई ‘फ्युचरिस्टिक डिजाइन र प्रिमियम अनुभव’ भएको एसयूभीका रूपमा प्रस्तुत गरेको छ ।

गाडीमा नेक्स्ट–जेनेरेसन एलईडी डीआरएल, डिजिटल ककपिट, १०.१ इन्च इन्फोटेनमेन्ट डिस्प्ले, हार्मनको प्रिमियम साउन्ड सिस्टम, पावर एड्जस्टेबल सिट, प्यानोरामिक सनरुफ तथा मल्टिकलर एम्बियन्ट लाइटिङजस्ता सुविधा दिइएको छ ।

सुरक्षातर्फ ई–भिटारामा लेभल–२ एडीएएस, ७ एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), ई–कल सुविधा लगायतका फिचर समावेश गरिएको कम्पनीले जनाएको छ । साथै, ‘स्यान्ड टु स्नो’ परीक्षण गरिएको ब्याट्रीले माइनस ३० डिग्रीदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा पनि उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरिएको छ ।

सीजी मोटोकर्पले सन् २०३० सम्म सुजुकीका थप ६ नयाँ ईभी नेपाली बजारमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.