Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम : विकासको दिशा फेरिने संकेत, एक करोडमुनिका योजना निरुत्साहित

Laxmi Sunrise Bank Limited
मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम : विकासको दिशा फेरिने संकेत, एक करोडमुनिका योजना निरुत्साहित
Shivam Cement

काठमाण्डौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।  

प्रदेशसभामा प्रस्तुत हुने उक्त दस्तावेजले आगामी वर्षको विकास प्राथमिकता, बजेटको दिशा र प्रदेश सरकारको आर्थिक–सामाजिक एजेन्डा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

Bizshala
New Office
CG Motors

प्रदेशसभा सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको व्यवस्था अनुसार प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  

यही दस्तावेजलाई आधार बनाएर केही दिनभित्र प्रदेशको बजेट आउनेछ ।

यसपटक मधेश सरकारको ध्यान विकास खर्चलाई बढी परिणाममुखी बनाउनेतर्फ केन्द्रित भएको देखिएको छ ।  

प्रदेश नीति तथा योजना आयोगका अनुसार विगतमा आलोचना हुँदै आएका साना र छरिएका योजनाभन्दा प्रदेशको आर्थिक रूपान्तरणमा प्रत्यक्ष प्रभाव पार्ने ठूला आयोजना अघि बढाउने तयारी गरिएको छ ।

सरकारले एक करोड रुपैयाँभन्दा कम लागतका टुक्रे योजनालाई निरुत्साहित गर्दै बहुवर्षीय आयोजना, रणनीतिक पूर्वाधार तथा गौरवका परियोजनामा बजेट केन्द्रित गर्ने संकेत दिएको छ ।  

यसबाट सीमित स्रोतलाई धेरै योजनामा बाँड्ने पुरानो अभ्यास अन्त्य गरी कम योजना तर प्रभावकारी कार्यान्वयनको मोडेलमा जान खोजिएको बुझिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

सडक, सिँचाइ, कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य सेवा विस्तार र रोजगारी सिर्जना आगामी वर्षका प्रमुख प्राथमिकतामा पर्ने स्रोतहरूको भनाइ छ ।  

विशेषगरी कृषि र पूर्वाधारलाई आर्थिक विकासको मुख्य आधार बनाएर बजेट निर्माणको तयारी गरिएको बताइएको छ ।

मधेस प्रदेशमा विगतका वर्षहरूमा हजारौं साना योजना समेटिए पनि त्यसले विकासमा अपेक्षित प्रभाव नपारेको भन्दै आलोचना हुने गरेको थियो ।  

बजेट छरिने तर नतिजा नदेखिने अवस्थाबाट बाहिर निस्कन यसपटक सरकारले नीति तथा कार्यक्रममै संरचनात्मक परिवर्तनको संकेत गरेको छ ।

प्रदेश सरकारका अधिकारीहरूका अनुसार अब विकास योजनाको मूल्यांकन रकमको आधारमा नभई प्रभाव, उत्पादन र प्रतिफलका आधारमा गरिने अवधारणालाई नीति तथा कार्यक्रममा स्थान दिइनेछ ।

आज सार्वजनिक हुने नीति तथा कार्यक्रमलाई मधेश प्रदेशको आगामी बजेटको ‘ब्लुप्रिन्ट’ का रूपमा हेरिएको छ ।

यसले प्रदेश सरकार विकासको पुरानो शैलीमै अघि बढ्छ वा नयाँ प्राथमिकतासहित परिणाममुखी मोडेलमा प्रवेश गर्छ भन्ने स्पष्ट पार्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.