Bizshala
  • बुधबार, जेष्ठ २०,२०८३ 02:47:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ई–कमर्श तालिम सम्पन्न

Laxmi Sunrise Bank Limited
ई–कमर्श तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आजको प्रविधिको युगमा उद्यमी व्यवसायीहरु प्रविधि प्रयोगमा अभ्यस्त हुन आवश्यक रहेको बताए ।

बदलिँदो समयअनुसार उद्यम व्यवसायमा पनि डिजिटल माध्यमको प्रयोग बढ्दै गइरेको भन्दै उनले उद्यम व्यवसाय गर्दा प्रविधिसम्बन्धी ज्ञानसँगै सोसँग सम्बन्धित विद्यमान कानुन बारे पनि जानकार हुनुपर्नेमा जोड दिए ।  

कुनै पनि काम गर्दा पहिलो प्रयासमै सफल नहुँदैमा हतोत्साही हुन नहुने उनको भनाइ छ । उनले असफलताबाट नयाँ ज्ञान प्राप्त हुने भन्दै उच्च मनोबलका साथ दत्तचित्त भएर लागिपरे अवश्य सफलता मिल्ने बताए । उनले जसरी भए पनि नाफा कमाउने उद्देश्य राखेर अस्वस्थ व्यापार व्यवसाय नगर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरे । अस्वस्थ प्रतिस्पर्धाले उद्यमी व्यवसायीहरुको प्रतिष्ठासमेत गुम्न सक्ने भएकाले स्वस्थ प्रतिस्पर्धा गरी शुद्ध नाफा कमाउने उद्देश्यका साथ व्यापार व्यवसाय गर्नुपर्ने उनले बताए ।

Bizshala
New Office
CG Motors

नगर प्रमुख प्रजापतिले युवाहरुको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै हरेक युवाहरुलाई उद्यमशील बनाई देशमै उद्योग व्यवसाय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ विविध तालिम तथा कार्यक्रम सञ्चालन गरिरहेकोमा उद्योग तथा वाणिज्य कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघलाई धन्यवाद दिए । 

भक्तपुर नगरपालिकाले उद्यमशीलता विकासका लागि गरिरहेको क्रियाकलाप बारे जानकारी दिँदै उनले तालिमसँगै व्यवसाय गर्न चाहनेहरुलाई भक्तपुर नगरपालिकाले ऋण सहयोगसमेत उपलब्ध गराउँदै आएको बताए ।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उद्यम गरिरहेका र आगामी दिनमा उद्यम गर्न सोच बनाइरहेका युवा, महिलाहरुलाई लक्षित गरी ई–कमर्श तालिम आयोजना गरिएको जानकारी दिए ।

कार्यालयले जिल्लामा उद्यमशीलता विकासलाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै उनले भक्तपुर उद्योग वाणिज्य संघसँगको विशेष सहकार्यमा तालिम तथा कार्यक्रमहरु प्रभावकारी रुपमा सम्पन्न हुँदै आएको बताए ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले ई–कमर्श तालिम उद्यमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । 

उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा, कला संस्कृति जगेर्ना तथा विकासका लागि गरिरहेको कामको प्रशंसा गर्दै जिल्लाको आर्थिक गतिविधि बढाउन स्थानीय तहहरु र उद्योग वाणिज्य संघ निकट भएर अगाडि बढ्नुपर्ने बताए ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जा, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष विश्वराम दुवाल, कार्यसमिति सदस्य एवं तालिम उपसमितिका संयोजक अनिल शिवाकोटी, प्रशिक्षक सञ्जिव धावाले तालिमबाट प्रशिक्षार्थीहरुमा प्रविधिसम्बन्धी व्यवसायिक दक्षता एवं क्षमता वृद्धि भएको विश्वास गर्दै सिकेका ज्ञानलाई तालिममा मात्र सीमित नगरी व्यवहारिक रुपमा कार्यान्वयन गरी लाभ लिनुपर्नेमा जोड दिए । 

प्रशिक्षार्थीहरुको तर्फबाट निजन बासुकला र रेश्मी हालेयो जोशीले आजको प्रविधिको युगमा ई–कमर्शसम्बन्धी ज्ञान अत्यन्त उपयोगी रहेको भन्दै आगामी दिनमा पनि सीप, क्षमता र ज्ञान वृद्धि हुने तालिम तथा कार्यक्रमहरु निरन्तर सञ्चालन गर्न आग्रह गरे ।

तालिममा ३० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रजापतिले प्रमाणपत्र वितरण गरे । ई–कमर्श तालिमको उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सोमबार डिजिटल ब्यानर डिस्प्ले गरी उद्घाटन गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.