Bizshala
  • शुक्रबार, जेष्ठ २२,२०८३ 10:17:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिचिङ अस्पताललाई महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग

Laxmi Sunrise Bank Limited
टिचिङ अस्पताललाई महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
Shivam Cement

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको बहिरङ्ग सेवा (ओपीडी) लाई थप प्रविधिमैत्री र बिरामीमैत्री बनाउन करिब एक करोड ७० लाख रुपैयाँ बराबरका आधुनिक उपकरण तथा सूचना प्रविधि प्रणाली हस्तान्तरण गरेको छ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुवास आचार्यलाई ती उपकरण औपचारिक रूपमा हस्तान्तरण गरेकी हुन्। 

Bizshala
New Office
CG Motors

महानगरले उपलब्ध गराएको सहयोगबाट बिरामीको दर्ता, शुल्क भुक्तानी, रिपोर्ट प्राप्ति तथा उपचारसम्बन्धी जानकारी व्यवस्थापनलाई थप सहज बनाउने लक्ष्य लिइएको छ।

महानगरका अनुसार अस्पताललाई १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन उपलब्ध गराइएको छ।  

यी मेसिनमार्फत बिरामीले परीक्षण शुल्क भुक्तानी गर्न, विभिन्न जाँचका रिपोर्ट आफैं प्रिन्ट गर्न तथा घरमै बसेर उपचारसम्बन्धी शुल्क तिर्न सक्ने सुविधा प्राप्त गर्नेछन्।  

यसले अस्पतालमा हुने भीडभाड र लामो लाइनको समस्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी ६५ वटा ‘अल–इन–वन’ डेस्कटप कम्प्युटर पनि अस्पताललाई हस्तान्तरण गरिएको छ।  

यी उपकरणमार्फत बिरामीको उपचार इतिहास, परीक्षण विवरण, रिपोर्ट तथा अन्य स्वास्थ्यसम्बन्धी अभिलेख एउटै प्रणालीमा व्यवस्थापन गर्न सकिनेछ।

सेवा प्रवाहलाई थप छिटो र प्रभावकारी बनाउन अस्पतालको सर्भर तथा र्याम क्षमतासमेत विस्तार गरिएको छ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा सेवा लिन नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगरले डिजिटल स्वास्थ्य सेवामा लगानी बढाएको बताइन्।  

उनले प्रविधिको प्रयोगबाट नागरिकले छिटो, सहज र पारदर्शी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

Garima Development Bank
Shivam Cement
Bizshala

उनले महानगरले स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण र सामाजिक विकासलगायत क्षेत्रमा सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अस्पतालसँग सहकार्य गरी ‘टेलिहेल्थ’ तथा डिजिटल स्वास्थ्य सेवा विस्तार गर्न सकिने धारणा राखिन्।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.सुवास आचार्यले महानगरले उपलब्ध गराएको प्रविधिले अस्पतालको सेवा प्रणालीमा महत्वपूर्ण परिवर्तन ल्याउने बताए।

उनका अनुसार पहिलो चरणको सहयोगबाट ओपिडी सेवा व्यवस्थापनमा उल्लेखनीय सुधार आउनेछ भने आगामी चरणमा क्यान्सर उपचारलगायतका सेवालाई पूर्ण रूपमा ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउने योजना अघि बढाउन सहज हुनेछ।

महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्र र शिक्षण अस्पतालबीच विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि थप सहकार्यको योजना रहेको जानकारी दिए।  

उनले यस सहकार्यबाट अस्पताल र महानगर दुवैलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे।

काठमाडौँ महानगरपालिकाले यसअघि पनि कोभिड–१९ नियन्त्रणका क्रममा भेन्टिलेटर, सिटी स्क्यान मेसिन तथा अस्पतालको ‘वेट क्यु सिस्टम’ व्यवस्थापनका लागि आवश्यक उपकरण उपलब्ध गराइसकेको छ।  

पछिल्लो सहयोगलाई सरकारी स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.