Bizshala
  • शुक्रबार, जेष्ठ २२,२०८३ 10:15:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालगन्ज भन्सारबाट १० महिनामा ६८.२% राजस्व संकलन, लक्ष्य भेट्न चुनौतीपूर्ण

Laxmi Sunrise Bank Limited
नेपालगन्ज भन्सारबाट १० महिनामा ६८.२% राजस्व संकलन, लक्ष्य भेट्न चुनौतीपूर्ण
Shivam Cement

काठमाण्डौ । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वार्षिक लक्ष्यको ६८.२ प्रतिशत राजस्व उठाएको छ। कार्यालयका  अनुसार चालु आवका लागि रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकामा वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार राजस्व असुली भएको छ।

वार्षिक लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा करिब ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने भएकाले कार्यालयलाई चुनौतीपूर्ण देखिएको छ ।

Bizshala
New Office
CG Motors

कार्यालयको तथ्याङ्कअनुसार चालु आवमा हालसम्म कुनै पनि महिनामा निर्धारित लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन। यद्यपि पछिल्ला दुई महिना चैत र वैशाखमा राजस्व संकलनमा सुधार देखिएको छ। साउनदेखि माघसम्म क्रमशः लक्ष्यको ७४.१४, ६९.७७, ८७.८३, ७२.३०, ८३.४५, ८३.२८ र ८८.२४ प्रतिशत राजस्व सङ्कलन भएको थियो। फागुनमा ८८.३२ प्रतिशत, चैतमा ९८.३७ प्रतिशत र वैशाखमा ८५.३८ प्रतिशत राजस्व असुली भएको कार्यालयले जनाएको छ।

नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात गतिविधि बढ्ने र त्यसबाट भन्सार राजस्वमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिए पनि पछिल्ला केही वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन।

Garima Development Bank
Shivam Cement
Bizshala

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालगन्ज भन्सार कार्यालयले वार्षिक लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३.३५ प्रतिशत मात्र राजस्व संकलन भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.