काठमाण्डौ । बिजनेश इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने उद्देश्यले विशेष साधारण सभा आह्वान गरेको छ ।
जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १६ गते काठमाण्डौको बसुन्धारामा रहेको यति इभेन्ट्समा अपरान्ह १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, कम्पनीको नाम परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र कम्पनीले विभिन्न कम्पनीमा गरेको लगानी बिक्री तथा व्यवस्थापन गर्ने अन्य प्रस्तावहरु समेत पारित गरिनेछ ।

