हिम स्टार उर्जाले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।