काठमाण्डौ । Laxmi Lube Oil Pvt. Ltd. ले ‘Garage Chautari’ अभियान सञ्चालन गरिरहेको छ। नेपालको परम्परागत पीपल चौतारीले जसरी समुदायलाई जोड्ने, अनुभव साटासाट गर्नेर सम्बन्धलाई बलियोबनाउने काम गर्थ्यो, त्यसैको आधुनिक स्वरूपकारूपमा Garage Chautari अभियान सञ्चालनगरिएको कम्पनीले जनाएको छ।
यस अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी, मेकानिक तथा अटोमोबाइल क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एउटै चौतारीमा जोड्दै अनुभव, ज्ञान तथा व्यवसायिक अवसरहरूबारे छलफल गर्ने वातावरण सिर्जना गरिएको छ।
अभियान अन्तर्गत मे महिनामा जनकपुरस्थित OM Auto Part, बुटवलस्थित Bijay Auto Workshop, टिकापुरस्थित Seti Motorcycle Workshop, पोखरास्थित Nihal Auto Engineering तथा Three Brothers Auto Engineering Workshop र काठमाण्डौस्थित Prakash New Generation मा Garage Chautari कार्यक्रम सम्पन्न गरिएको थियो।
त्यसैगरी जुन महिनामा पोखरा–८, नयाबजारस्थित Christina Ace Auto Parts, नुवाकोटस्थित Panchakanya Spare Parts तथा काठमाण्डौको पुतलीसडकस्थित PM Auto Mobiles, पोखरा अमरसिंहचोकस्थित एड्भान्स अटो वर्कसपमाकार्यक्रम आयोजना गरिएको छ।
हालसम्म नेपालका विभिन्न स्थानहरूमा१० भन्दा बढी Garage Chautari कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। कार्यक्रममार्फत ग्यारेज सञ्चालक तथा मेकानिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया, प्राविधिक जानकारी आदान–प्रदान, व्यवसायिक अनुभव साझेदारी तथा सम्बन्ध विस्तारका गतिविधिहरूसञ्चालन हुँदै आएका छन्।
Laxmi Lube Oil ले Garage Chautari लाई केवल एक कार्यक्रम नभई देशभरका अटोमोबाइल व्यवसायीलाई जोड्ने दीर्घकालीनअभियानका रूपमा अघि बढाएको जनाएको छ। कम्पनीले आगामी दिनमा नेपालका हरेक शहर, गाउँ तथा टोलसम्म Garage Chautari पुर्याउने लक्ष्य लिएको छ। वर्षभर सञ्चालन हुने यस अभियानमार्फत नेपालको ग्यारेज समुदायसँग अझ नजिकिँदै चौतारीको आत्मीय संस्कृतिलाई आधुनिक अटोमोबाइल क्षेत्रमा जीवित राख्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।
Laxmi Lube Oil Pvt. Ltd. नेपालमा TotalEnergies Lubricants को आधिकारिक वितरक हो।

