Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:09:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने

Laxmi Sunrise Bank Limited
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
Shivam Cement

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् ।

दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्वन्ध विस्तार लयायतका विभन्नि ८ विषयमा सहकार्यको सम्झौता भएको हो । संयुक्त लगानीमा उत्पादित बस्तुहरुको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

Bizshala
New Office
CG Motors

नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए ।  

यस्तै नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमणका लागि पनि सहजिकरण गर्ने सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्ष्ँेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको छ ।  

नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यन्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ । नेपाल र अर्मेनियाबीच सन १९९३ मार्चमा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.