मंगलवार, पुष १,२०८२ 03:43:37
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:43:37
Bizshala
Global IME Bank Limited
Bizshala

दुई महिनामै थपियो साढे ९४ अर्ब सार्वजनिक ऋण

Hyundai Nepal
दुई महिनामै थपियो साढे ९४ अर्ब सार्वजनिक ऋण
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्षको दुई महिनामा ९४ अर्ब बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा ९४ अर्ब ५२ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।

यससँगै तिर्न बाँकी सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४(३२ प्रतिशत हुन  आउँछ। यसमध्ये आन्तरिक जीडीपीको २१.६६ र बाह्य २२.६६ प्रतिशत रहेको छ । कुल ऋणमा आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब र बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ छ ।

CG Motors
Garima Development Bank
Bizshala

हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणाको हिस्सा ४९ र बाह्यको ५१ प्रतिशत रहेको छ । सार्वजनिक ऋणको आकार हेर्दा हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ  ।

गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

भदौ महिनासम्म सरकारले १ खर्ब ४ अर्ब सार्वजनिक ऋण उठाएको छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब लिइएको छ भने वाह्य ऋण १४ अर्ब ५ करोड लिइएको छ ।

यस्तै भदौसम्म सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ बजेट ऋण भुक्तानीमा खर्च गरेको छ । यो लक्ष्यको ११.८४ प्रतिशत हो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.