Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध गर्ने विश्वकै अग्रणी देशः प्रधानमन्त्री ओली

Laxmi Sunrise Bank Limited
नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध गर्ने विश्वकै अग्रणी देशः प्रधानमन्त्री ओली
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीसायुक्त पेट्रोलको प्रयोगमा प्रतिबन्ध लगाएर विश्वकै अग्रणी देश बनेको बताएका छन् । युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

उक्त अवसरमा उनले सीसाको असरबाट बालबालिका, गर्भवती महिला, र अन्य संवेदनशील समूहहरूलाई जोगाउन यसबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको समेत बताए ।  

Bizshala
New Office
CG Motors

प्रधानमन्त्रीले २०१४ मा नेपालले ‘राष्ट्रिय सीसा रंग मापदण्ड’ लागू गरी सीसायुक्त रंगको प्रयोगलाई रोक्ने महत्त्वपूर्ण कदम चालेको र २०२३ मा खाद्य पदार्थ, मदिरा पेय पदार्थ, र पानी आपूर्तिमा सीसाजन्य र अन्य भारी धातुहरूको प्रयोगलाई सीमित गर्ने कडा नियम लागू गरेको जानकारी गराए।

उनले सन् २०२४ मा नेपालले खाद्य सुरक्षा विधेयक पारित गरेर सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि नियामक संरचनालाई थप सुदृढ बनाएको पनि उल्लेख गरे ।  

Garima Development Bank
Shivam Cement
Bizshala

प्रधानमन्त्रीले विभिन्न अध्ययनहरूमा सीसाको असरले विश्वव्यापी उत्पादकत्वमा वार्षिक करिब १.४ ट्रिलियन डलरको नोक्सानी हुने तथ्य उल्लेख गर्दै, सीसाको विषाक्तता रोक्न ठोस कदम नचालिए यसको दीर्घकालीन जोखिम झनै महँगो हुने चेतावनी पनि दिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.