चार महिनामा साढे ७ अर्ब बढीको ईभी सवारी साधन आयात
काठमाण्डौ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म साढे ७ अर्ब रुपैयाँ बढीको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँबराबरको ३ हजार २०३ युनिट ईभी सवारी साधन आयात भएको हो ।यसबाट सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ । कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । गत असोजमा भने २ हजार १३४ युनिट,...

