पुराना सवारी साधनको आयकरमा छुट
काठमाण्डौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले २० वर्षभन्दा पुराना सवारी साधनलाई आयकरमा छुट दिएको छ । अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा २० वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने निजी तथा सार्वजनिक सवारी साधनको लागत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था गरेका हुन् ।