क्रेष्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आजसम्म कम्पनीको आइपीओमा मागभन्दा ६.२० गुणा बढी आवेदन परेको हो । कम्पनीको आइपीओमा ४९ हजार ९४९ आवेदकले १३ लाख ९५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा १३ करोड ९५ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

