सामाजिक सञ्जालमार्फत सेयर बजारमा चलखेल भएको दाबी, सेबोन लगायतका निकायमा उजुरी
काठमाण्डौ । नेपालको पुँजी बजारमा सङ्गठित रूपमा अवाञ्छित चलखेल भइरहेको भन्दै लगानीकर्ताहरूको एक समूहले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष ‘हुइसलब्लोअर’ उजुरी दर्ता गराएका छन्। उजुरीमा दोस्रो बजारमा केही व्यक्ति तथा समूहहरूले ऐन, नियम र आचारसंहिता उल्लङ्घन गर्दै बजारलाई कृत्रिम रूपमा प्रभावित बनाइरहेको गम्भीर आरोप लगाइएको छ।

