महुली लघुवित्तले गर्यो लाभांश नदिने घोषणा
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको माघ २७ गते बसेको सञ्चाल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको माघ २७ गते बसेको सञ्चाल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा २२.०३ प्रतिशतले कम हो ।
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ६ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राख्न लागेको हो ।
काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड २ करोड रुपैयाँ बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी २ करोड २९ लाख ४९ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पुस मसान्तसम्म भने कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राख्न लागेको हो ।
काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४४.३८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीको खुद नाफा २९ करोड ४२ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको १४ करोड ३४ लाख रुपैयाँको तुलनामा ११.४५ प्रतिशतले बढी हो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.६१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको...
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले हकप्रद जारी गर्ने प्रमुख अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी फागुन २० गते आइतबारका दिन राष्ट्रिय सभा गृहमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद...
काठमाण्डौ । सोल्टी होटल लिमिटेडको मुनाफामा ४.६४ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.८४ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ थियो ।
काठमाण्डौ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो ।
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत माघ २५ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट गचत आर्थिक वर्ष २०७९/८० का लागि पारित ६.३७ प्रतिशत नगद लाभांश माघ २८ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न लागेको हो ।
काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को सार्वजनिक निष्कासन आज(माघ २८ गते) देखि भएको छ ।कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
काठमाण्डौ । आईएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा खाख्ने भएको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको ७ लाख ५० हजार कित्ता संस्थापक सेयर आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत बिक्रीमा राख्न लागेको हो ।
काठमाण्डौ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौता माघ २६ गते शुक्रबारका दिन एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । ‘सन नलेज पार्टनरशिप’ कार्यक्रमअन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कोषले उक्त अवधिसम्म ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ६.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको पुस मसान्तसम्म कोषको खुद नाफा ५१ करोड ३२ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा स्वावालम्बन लघुवित्तको १२.३५९९ प्रतिशत,हिमालयन डिस्टिलरीको १० प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । आम्दानी बढ्दा पिपुल्स पावर कम्पनी लिमिटेडको नाफा ३.९७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासुसम्ममा ४२ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
काठमाण्डौ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६३.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्र्रमाससम्म कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ थियो ।
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड १९ लाख रुपैयाँ घाटामा रहेको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.