आगामी साता नेप्से २०६० बाट तल खस्यो भने १०० अंकको करेक्सन आउनसक्ने(प्राविधिक विश्लेषण)
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २०६७.०१ मा बन्द भएको बजार यो साता २०९६.३२ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा २९.३१ अंकले बढोत्तरी भयो । अघिल्लो साता भने बजार १७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा १४.३० अर्बको कारोबार भयो । अघिल्लो साता भने दोस्रो बजारमा २३.४२ अर्बको कारोबार भएको...

