हिमालयन लघुवित्तद्वारा रु.३ लाख ७५ हजार कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नयाँरोड, सर्लाहीले बीमा दाबी रकम भुक्तानी गर्दै कर्जा मिनाहा गरेको छ। सर्लाही जिल्ला हरिवन नगरपालिका–४, पटौना टोलस्थित केन्द्र नं. ३० की सदस्य लिली माया मिरिचिङ्गका श्रीमान् कृष्ण बहादुर कार्कीको निधन भएपछि संस्थाले कर्जा बीमा सुविधा अन्तर्गत राहत उपलब्ध गराएको हो।

