Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ई–सेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

Laxmi Sunrise Bank Limited
ई–सेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
Shivam Cement

काठमाण्डौ । डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजना जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन भैरहेको छ । अभियान अवधिभर ई–सेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

Bizshala
New Office
CG Motors

यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन्। साथै, तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । अभियान अवधिभर प्रत्येक हप्ता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

यसका साथै, विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराइने इसेवाले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

ई–सेवाको अनलाइन बीमा नवीकरण सेवामार्फत ग्राहकहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना घरबाटै छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । कम्पनीका अनुसार यस अभियानले जीवन बीमाप्रति जनचेतना बढाउनुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.