प्रमुख निर्वाचन आयुक्तले भने-'बालेनलाई हेलिकोप्टर प्रयोगको अनुमति थियो, सुरक्षाका कारण बीच बाटोबाटै फर्किनुभएको रहेछ'
काठमाण्डौ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई मतदानको दिन हेलिकोप्टर प्रयोगको अनुमति दिएको प्रष्ट पारेका छन् । बालेनको नाम नलिई उनले आयोगले हेलिकोप्टर प्रयोगको अनुमति दिएको र अरु दलका नेताहरुलाई समेत त्यस्तो स्वीकृति दिइने गरिएको प्रष्ट पारेका हुन् ।

