सेयरधनीलाई उत्साहित बनाएको आइमएई लाइफले कर्मचारीको पनि ६१.७४% ले बढायो बोनस, तलब समेत वृद्धि
काठमाण्डौ । बीमा कम्पनीहरुमा लगानीकर्तालाई सर्वाधिक बोनस सेयर वितरण गरेको आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई समेत उत्कृष्ट बोनस वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा मात्रै कार्यरत आफ्ना कर्मचारीलाई २ करोड ३४ लाख ४३ हजार रुपैयाँ बोनस वितरण गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६१।७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले आफ्ना कर्मचारीलाई १...

