सेयर बजारमा युनाइटेड अजोड इन्स्योरेन्सको साढे ७ करोड लगानी, अप्पर तामाकोशीमा सर्वाधिक
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले सेयर बजारमा कुल ७ करोड ४३ लाख ४५ हजार रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीले बैंक, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डहरुमा कुल ७ करोड भन्दा बढी लगानी गरेको छ । बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ५ प्रतिशत रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्थाअनुसार युनाइटेड साढे ७ करोड...

