सेयर बजारमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको लगानी १५२% ले बढ्यो, अन्य क्षेत्रमा कति ?
काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ३७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ३७ अर्ब २० करोड ८३ लाख रुपैयाँ लगानी गरेका हुन् ।पुनर्बीमा कम्पनीहरुको यो लगानी अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २४.९८ प्रतिशतले बढी...

