पूँजीबजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु
काठमाण्डौ । सरकारले पूँजी बजार सुधार कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको सुधार कार्यदलले प्रतिवेदन बुझाएकै दिन (असोज ९ गते) सम्बन्धित निकायलाई कार्यान्वयनका लागि अर्थले परिपत्र गरेको पाइएको हो । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले सो प्रतिवेदन कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक...

