आईतवार, चैत्र २२,२०८२ 08:45:11
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 08:45:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपर माछा खोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

Bizshala
सुपर माछा खोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा आज बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् ।  

कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् ।  बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।

कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापा सहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यो समूहले यसअघि सोहि क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ । साथै, कम्पनिको प्राथमिक सेयर निष्काशन (आईपीओ)तत्काल नै जारि हुने प्रक्रियामा समेत रहेको छ ।

हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढिगण्डकी हाईड्रोपावर आगामी  १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धि सम्झौता (पीपीए)भएको थियो । साथै, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनिले जनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनिलाई पव्लिक लिमिटेड गरि प्राथमिक सेयर (आईपीओ)मा गई छिट्टै सर्वसाधरणको लागि सेयर जारी गर्ने तयारी समेत गरेको छ ।

आयोजनालाई सफलतापुर्वक सम्पन्नगर्न र यसै बर्ष सुरु गर्ने गरि थप २२ मेगावाट क्षमताको जल्दिगाढ हाईड्रोपावर बनाउने कम्पनीले जनाएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.