बुधबार, असार १८,२०८२ 08:07:32
  • बुधबार, असार १८,२०८२ 08:07:32
Global IME Bank Limited

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?

Hyundai Nepal
यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन नै घट्यो भने १ दिन बढ्यो  । यो साता दशैंपछि खुलेको बजारमा बिक्री दबाब देखियो । अघिल्लो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको बजार यो साता २६२७.१४ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता सेयर बजार ११८.२२ अंकले घट्यो । अघिल्लो साता दोस्रो बजार ७६.८३ अंकले बढेर बन्द भएको थियो ।  

यो साताको ५ दिन कारोबारमा २९ अर्ब ९५ करोडबराबरको कारोबार भयो  । अघिल्लो साता बजारमा १५ अर्ब ९१ करोडबराबरको कारोबार भएको थियो । यो साता  दैनिक औषत कारोबार करिब ६ अर्बको भएको छ । यस्तो कारोबार अघिल्लो साता ५ अर्ब २९ करोडबराबर भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

यस हिसाबले यो साता बजार घट्दा कारोबार बढेको छ । यो साता बजार पूँजीकरण ४१ खर्ब ७७ अर्बमा सीमित भएको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ६५ अर्बबराबर भएको थियोे । यस हिसाबले यो साता नेप्से घट्दा १ खर्ब ८८ अर्बले बजार पूँजीकरण घटेको छ । यो साता नेप्से घट्दा बजार पूँजीकरण घट्यो भने औषत कारोबार बढ्यो ।

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा

क्याण्डल स्टिकको आधारमा यो साता नेप्सेको चार्टमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ । यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई वियरिस इन्गल्फिङ भनिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यस विपरीत अघिल्लो रातो क्याण्डललाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ । यो साता नेप्सेमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ ।  

हेर्नुहोस माथि मुख्य तस्बिरमा

बोलिङ्गर ब्याण्ड

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारले पाँच साता पहिले मध्यब्याण्डमा सपोर्ट लिएर माथि लागेको देखिन्छ । तर तीन साता बढेपछि यो साता बजारमा बिक्री दवाब परेको छ । अर्थात बजार फेरी मध्यब्याण्डतर्फ आकर्षित भएको देखिन्छ । 

यस हिसाबले हेर्दा बजारमा यदि आगामी दिनमा करेक्सन हुन्छ भने मध्य ब्याण्ड अर्थात २५४५ विन्दुसम्म आउन पनि सक्छ । म्याक्डिमा यसअघि नै वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ रहेका छन् । साप्ताहिक रुपमा नै आरएसआई ओभरबट जोन ८० बाट खसेर हाल ५६ को तहमा पुगेको छ । समग्रमा तीनवटै इन्डिकेटरबाट नियाल्दा बजारमा हाल अल्पकालिन करेक्सन चलेको देखिन्छ ।  

बढेमा  प्रतिरोध  

प्रतिरोध ३ – २९०८

प्रतिरोध २ – २८४४

प्रतिरोध १–  २७९५

पिभट प्वइन्टः २७३१

घटेमा सपोर्ट  

सपोर्ट १– २६८१

सपोर्ट २– २६१८

सपोर्ट  ३ –२५६८

निश्कर्ष: दशैं अगाडि लगातार तीन साता बढेको बजारमा यो साता करेक्सन आयो  । यो साता सेयर बजारमा पाँच दिन नै कारोबार भयो । पाँच दिनको कारोबारमा बजारमा बिक्री दवाब नै देखियो । क्याण्डल स्टिकमार्फत नियाल्दा यो साता बजारमा वियरिस इन्गलल्फिङ प्याटर्न बन्यो । यसले बजारमा आगामी साता पनि केही बिक्री दवाब पर्नसक्ने बुझिन्छ । जसका कारण यदि बजारमा अधिक करेक्सन आएको खण्डमा पिभट् प्वाइन्टको तेस्रो विन्दुसम्म बजार आउनसक्छ । जुन भनेको बजारमा अल्पकालीन करेक्सन मात्रै हुनसक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.