मेरो किसानले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको उक्त प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ र उक्त सभा आगामी असार १ गते काठमाण्डौको सिनामंगलमा रहेको राइन होटलमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

