निजी थला पर्दा सरकारी मालामाल, सिडिएससीले १००% लाभांश बाँड्ने
काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु सामान्य लाभांश वितरण गर्न समेत असमर्थ भइरहेको बेला सरकारी लगानीका कम्पनीहरु भने मालामाल भइरहेका छन् । विशेष गरी पूँजी, बित्त र मुद्रा बजारसँग सम्बन्धित सरकारी कम्पनीहरुले उछालको गतिमा आम्दानी बढाइरहेको देखिएको हो । यो लाइनमा सिडिएस एण्ड क्लियरिङ लिमीटेड पनि देखिएको छ ।

