डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६१ रुपैयाँ र बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन ६ गते एक अमेरिकी डलरको बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको थियो । आज एक यूरोको खरिददर १४५.१९ रुपैयाँ र बिक्रीदर १४५.८४ रुपैयाँ निर्धारण भएको छ। एक...

