जलस्रोत तथा सिंचाईका लागि पौने ३७ अर्ब रुपैयाँ बजेट विनियोजन
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि जलस्रोत तथा सिंचाईतर्फ ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषि उत्पादन बृद्धि गर्न पौने ३७ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन् ।

