TRENDING
काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा
- NEWS
- बुधबार, चैत्र २७,२०८१ 08:48:44
काठमाण्डौ । काठमाण्डौ वायु प्रदुषण मापनमा विश्वकै शीर्ष स्थानमा यथावत रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहानसम्मको आँकडाअनुसार काठमाण्डौ २५० एक्यूआई वायु गुणस्तरका साथ सूचीको पहिलो स्थानमा रहेको छ ।
सूचीको दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा चीनको वुहान, चौथो स्थानमा युगान्डाको काम्पाला र पाँचौ स्थानमा पाकिस्तानको लाहोर रहेको छ ।
लामो समयदेखि वर्षा नहुँदा आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवा काठमाण्डौको वायुमण्डलमा थुप्रिएको छ ।
जसका कारण वायुको गुणस्तर खस्किदै गईरहेको छ । काठमाण्डौको वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा अस्वस्थकर रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।
यो पनि हेर्नुहोस
सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
- by Bizshala
- 9 घण्टा अगाडी
सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
- by Bizshala
- 9 घण्टा अगाडी
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल रिहा
- by Bizshala
- 10 घण्टा अगाडी
अनलाइन सट्टेबाजी नियन्त्रणका लागि ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द
- by Bizshala
- 10 घण्टा अगाडी
सरकारी सेवा केन्द्रमै ‘दलाली’ धन्दा, प्रहरी एक्सनमा ३२ जना समातिए
- by Bizshala
- 12 घण्टा अगाडी

