बागमति र मनोहराको जलसतह सतर्कता तहभन्दा माथि, आज साँझ र राति जोखिम थप बढ्ने
काठमाण्डौ । काठमाण्डौ उपत्यका लगायत आसपासका नदी नालामा जलसतह बढ्ने क्रम तीव्र भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काभ्रेको रोसी, काठमाण्डौको मनोहरा र बागमति, मकवानपुरको लालबकैयामा जल सतह सतर्कता तह माथि रहेको र सतह अझै बढ्ने क्रममा रहेको जनाएको छ ।

