अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैँ तोक्नसक्ने !
काठमाण्डौ । अबदेखि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नै तलब र सेवा–सुविधा तोक्ने अधिकार पाउने भएका छन्। संघीय संसद्बाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यस्तो व्यवस्था कानुनी रूपमा लागू भएको हो।राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेको उक्त विधेयकले पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन, २०४९ मा संशोधन गरेको छ।...