काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ ।
आज बिहान काठमाण्डौस्थित सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिदैछ । बिहान ८ बजेदेखि सुरु हुने उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ ।
अघिल्ला वर्षहरुमा गणतन्त्र दिवस समारोहर्ला राष्ट्रपतिले सम्बोधन गर्ने परम्परा भएपनि यसपटक भने उक्त समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले गणतन्त्रकी प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न आग्रक गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका थिए ।

