सरकारद्वारा तीन महिनासम्म सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा रोक
काठमाण्डौ । सरकारले आगामी तीन महिनाका लागि कुनै पनि सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायहरूलाई परिपत्र गर्दै तत्कालका लागि विदेश भ्रमणसम्बन्धी मनोनयन नगर्न निर्देशन दिएको हो।

