भारी वर्षाले हेटौंडा-काठमाडौं सडक पूर्ण बन्द : तीन दिनसम्म यात्रा प्रतिबन्धित
काठमाण्डौ । निरन्तर भारी वर्षाका कारण मकवानपुरका मुख्य तथा वैकल्पिक सडकहरूमा बाढी र पहिरोको खतरा बढेपछि हेटौंडा र काठमाडौं जोड्ने सबै मार्गहरूबाट सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनाअनुसार यो प्रतिबन्ध अर्को तीन दिनसम्म कायम रहनेछ। विपद् जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो।

