एसइईको नतिजा असारको दोस्रो साताभित्र
काठमाण्डौ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भईरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको हो । गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष भने १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।...